बैतडीमा सुरक्षा निकायलाई अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण

बैतडी-डिभिजन वन कार्यालय बैतडीले जिल्लास्थित सुरक्षा निकायलाई वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण गरेको छ । जिल्लास्थित तीन ओटै सुरक्षा निकायालाई फायर र्याक , आगो निभाउने स्वाटर, हेलमेट, पन्जा र र्याक हुँ लगायतका अग्नि नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नि नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गरिएको भरतप्रसाद भट्टले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को बार्षिक स्वीकृत कार्यक्रमअनुसार आगलागीका घटनाहरु नियन्त्रणका लागि सामग्रीहरु हस्तान्तरण गरिएको उहाँले बताउनुभयो।

तीन ओटै सुरक्षा निकायलाई १०÷१० सेटका दरले अग्नि नियन्त्रणका सामग्री वितरण गरिएको हस्तान्तरण गरिएको हो । ति सामग्री डिभिजन वन कार्यालयले नेपाली सेनाको श्रीबक्स गुल्म गढी व्यारेक, सशस्त्र प्रहरीको नेपाल नं। ५१ गुल्म हेड क्वाटर बैतडी र जिल्ला प्रहरी कार्यालय बैतडीलाई हस्तान्तरण गरेको हो ।

डिभिजन वन कार्यालयका अनुसार जिल्लास्थित ६ ओटा सव डिभिजन वन कार्यालयलाई समेत उक्त सामग्री हस्तान्तरण गरिनेछ। आगलागीको बढी जोखीम रहेका सामुदायिक बनलाई पनि अग्नि नियन्त्रणका सामग्री हस्तान्तरणको तयारी भैरहेको छ।

यो वर्षमा आगलागी हुने समयमा वर्षा भएकाले जिल्लामा आगलागीका घटना नभएको कार्यालय प्रमुख भट्टले बताउनुभयो । यस्तै जिल्लाका १० ओटै स्थानीयहरुमा बन अतिक्रमण, बनक्षेत्रको भोकाधिकार र आगलागी नियन्त्रण सम्बन्धी अन्तरक्रिया समेत गर्ने डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.