नेपाल उत्पीडित जातिय मुक्ति समाज मलौली नगर कमिटीको दोस्रो सम्मेलन सम्पन्न

बैतडी -नेपाल उत्पीडित जातीय मुक्ति समाज मेलौली नगर कमिटीको दोस्रो सम्मेलन सोमबार सम्पन्न भएको छ । तस्वीर पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नव निर्वाचित कमिटीको उपाध्यक्षमा वीर सार्की, सचिवमा धौली दयाल, सह–सचिवमा निर्मला बिक पार्की र कोषाध्यक्षमा द्रोपती दयाल चयन भएका छन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी जिल्ला कमिटी बैतडीका अध्यक्ष नरेश विकको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश कमिटी सदस्य बलभद्र दयाल ,जिल्ला सचिव हजारी साउँद ,मेलौली नगरकमिटी अध्यक्ष भीम दत्त भटट् ,नेपाल राष्ट्रिय शिक्षक संगठन मेलौली नगर अध्यक्ष नरेश सिंह नेगी, सामाजिक अगुवा, स्थानीय समर्थक, कार्यकर्ता, नेताहरू तथा विभिन्न वडाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.