आईपीएल क्रिकेट: कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ। कोलकाताको यो दोस्रो खेलमा पहिलो जीत हो। यसअघि पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो।

हिजोको खेलमा राजस्थानले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले १७ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। कोलकाताको जीतमा क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले। डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन बनाए।

राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए।

कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए। कोलकाता २ खेलमा २ अङ्कका साथ छैटौँ स्थानमा उक्लिएको छ।

लगातार दोस्रो हार बेहोरेको राजस्थान अङ्क विहीन रहँदै पुछारमा छ। राजस्थान पहिलो खेलमा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो।

आईपीएलमा आज सनराजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्स खेल्दैछन्। हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ।

Leave A Reply

Your email address will not be published.