इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन्। खेल अमदावादमा बेलुका पौने ८ बजे शुरू हुनेछ।
गुजरात र मुम्बई आफ्नो पहिलो खेलमा पराजित भएका थिए। गुजरातलाई पञ्जाबले हराएको थियो भने मुम्बई चेन्नई सुपर किंग्ससँग पराजित भएको हो।
आईपीएल क्रिकेटमा हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायो। जीतसँगै बेङ्गलुरुको दुई खेलमा ४ अङ्क भएको छ। पहिलो खेलमा उसले कोलकाता नाइट राइडर्सलाई हराएको थियो।
आईपीएल क्रिकेटमा १० टोली सहभागी छन्।