नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन्। शनिबार लुम्बिनीमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाक्रमबारेको परिस्थितिबारे चर्चा गर्दै उनले पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने दोहोर्याए। ‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो। अराजक तरिकाले धेरै घटना भयो। स्पष्ट भन्नुपर्ने हुन्छ,’ देउवाले भने, ‘यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् रु यीनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन्। बन्ने पनि छैनन्।’
देउवाले अघि थपे, ‘त्यसकारण गणतन्त्रलाई कसैले चाहेर हटाउने पनि छैन। देश एक छ। अहिले देशको परिस्थिति यस्तो भएर मैले यहाँ भन्नुपरेको हो।’
अनलाइनखबर