प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थाइल्याण्डको बैंककमा भेटवार्ता गर्दै हुनुहुन्छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका लागि बैंकक पुग्नुभएका दुई नेताबिचको भेटवार्ता आज अपरान्ह ४ बजेका लागि तय भएको हो। भारतीय प्रधानमन्त्री मोदी बसेको बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा भेटघाट हुनेछ।
स्रोतका अनुसार करिब २० मिनेट चल्ने भेटमा नेपाली पक्षबाट प्रधानमन्त्री ओलीका साथै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अर्का सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई सहभागी हुनुहुनेछ।
बिमस्टेकको शिखर सम्मेलन पनि आजै हुनेछ। सम्मेलनमा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।