आईपीएल क्रिकेट : गुजरातले हैदराबादलाई सात विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ।

हिजोको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। गुजरातका कप्तान सुभमन गिलले अविजित ६१ रन बनाए।

हैदराबादका मोहम्मद शमीले दुई विकेट लिए। त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रन बनाएको थियो।

हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन बनाए। गुजरातका मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए । हैदराबादले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै विजयी शुरुआत गरे पनि त्यसयताका चार खेलमा लगातार हार बेहोर्दै अङ्क तालिकाको पुछारमा रहेको छ।

पहिलो खेलमा पञ्जाबसँग हारेको गुजरातको भने यो लगातार तेस्रो जीत हो। गुजरात ६ अङ्कसहित दोस्रो स्थानमा छ । समान अङ्क भएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।

आईपीएलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दैछन् ।

Leave A Reply

Your email address will not be published.