बैतडीको मेलौलीका नरेनको कप्तानीमा नेपालले विश्वकप छनोट खेल्ने

नरेन भट्टको कप्तानीमा नेपालले आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।

नरेनसंगै टोलीमा अभिषेक तिवारी, नीरजकुमार यादव, साहिल पटेल, चिब्रन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्रजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा छन्।

नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यी दुईबीचको खेल माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अप्रिल १३ मा हुनेछ।

नेपालले दोस्रो खेल अप्रिल १६ मा हङकङसँग खेल्नेछ। यस्तै, अन्तिम खेल अफगानिस्तानसँग खेल्ने क्यानले जनाएको छ।

Leave A Reply

Your email address will not be published.