बैतडी : “समावेसी र सन्तुलित विकास, समृद्ध अजयमेरुको मूल आधार” भन्ने नाराका साथ डडेल्धुराको अजयमेरु गाउँपालिकाले एकल विपन्न महिलाहरुका लागि कोसेली वितरण गरिएको छ। गाउँपालिकाले एकल महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तंरगत दैनिक उपभोग्य समाग्रीसहितको कोसेली वितरण गरिएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताउनुभयो। शुक्रबार गाउँपालिका उपाध्यक्ष पालले वडा नम्बर ४, ५ र ६ को कार्यालय बाट कोसेली वितरण गरेका थिए।
शनिबार वडा नम्बर ३ को कार्यालयबाट ३ नम्बरका एकल महिलाहरुलाई गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास) उपाध्यक्ष पाल र वडा अध्यक्ष रमेश बाहुनले संयुक्त रुपमा चामल लगातका दैनिक उपभोग्य समाग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ।
अब वडा नम्बर १ र २ मा वितरण गरिने छ। नयाँ बर्ष २०८२ आएसंगै दैनिक उपभोग्य समाग्रीसहितको कोसेली पुगेपछि विपन्न महिलाहरु खुसी भएको छ।