काठमाडौँ -कालिकोटमा गएराति भएको ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
गएराति करिब १० बजेको समयमा पलाँता गाउँपालिका २ लार्फा ठाँटीडाँडा स्थित भित्रि सडक खण्डमा थिर्पुबाट खिनतर्फ जादै गरेको ट्याक्टर दुर्घटनामा परेको हो।
खाद्यान्न,खुद्रा सामान बोकेर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सडकदेखि करिब १०० मिटर तल खसेको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
कालिकोट पलाँता ४ बस्ने अन्दाजी २१ वर्षका रवीन्द्र विक, सोही ठाउँ बस्ने ३२ वर्षकी सदु बुढा, पालिकाको ५ नम्बर वडा सल्लीकोट बस्ने वर्ष अन्दाजी २५र२६ की अम्बा शाही र मुगु खत्याड गाउँपालिका ५ कवा बस्ने वर्ष अन्दाजी २५ का चन्द्र प्रकाश रोकायको दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाइ छ ।
रोकाया ट्याक्टर चालक भएको प्रहरीको भनाइ छ ।