सुनको भाउ आज एकैदिन ६ हजार नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ।
आज सुनको भाउ तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।