नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन्। खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ।
आइतवार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो। त्यस्तै शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो। आजको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग शनिवार खेल्नेछ।
यसैबीच आजको खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस दशरथ रङ्गशाला जाने भएका छन्। कार्लोस हिजो बिहान काठमाण्डौ आइपुगेका हुन्।