बैतडीको शिवनाथमा दश शयाको अस्पताल निर्माणको कार्य तिब्र गतिमा

बैतडीको शिवनाथ गाउँपालिका केन्द्र सुल्लेखानमा निर्माण भइरहेको पालिकास्तरीय दश शयाको अस्पताल निर्माणको कार्य तिब्र गतिमा चलिरहेको छ। निर्माण कम्पनिले विविध कारण जनाउँदै निर्माणमा ढिलाई गरेका थिए। निर्माण कम्पनिलाइ समयसमयमा ताकेता गरि निर्माणको कामलाई तिव्रता दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र महताले बताउनु भयो।

‘समयमै निर्माणको काम सम्पन्न गरि आवस्यक पूर्वाधार व्यवस्थापन गरि छिट्टै दश शयाको अस्पतालबाट नागरिकलाई सेवा प्रदान गर्नको लागि लागिपरेका छौँ।’ प्रमुख प्रशाकिय अधिकृत महताले भने। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १० शयाको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भएअनुसार २०७८ सालको बैशाखमा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो। अस्पताल निर्माणको कूल लागत ७ करोड तिन लाख ७४ हजार २४९ रहेको छ। विविध कारणले अहिलेसम्म अस्पताल निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ।

स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेकाले प्रत्येक नागरिकलाई स्थानिय ठाउँमै सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य अनुसार अस्पताल निर्माणको कार्यलाई तिव्रता दिइरहेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.