बैतडी पाटन महोत्सव २०८२ सम्पन्न भएको छ। जिल्लाको पाटन नगरपालिका ६ मा नेपाल चेम्बर अफ कर्मसको आयोजनामा बैशाख २ देखी जारी महोत्सव शनिवार सम्पन्न भएको हो।
कृष्ण माविको खेलमैदानमा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरिय मेलामा बैतडीका १ सय ५६ जनाले पहिलो पटक स्टेज चढ्न पाएका छन्। यहाँका नयाँ र स्थानीय कलाकारहरुले आफुमा भएको प्रतिभा स्टेजमा हजारै नागरिक सामु देखाउन पाएका हुन्।
विद्यालयको कार्यक्रममा आफ्नो प्रतिभा राख्ने विद्यार्थी तथा वनजंगल र टिकटकमा आफ्नो प्रस्तुती देखाउने यहाँका युवा युवतीहरुले आफुले पहिलो पटक स्टेज चढ्ना पाउँदा भाग्गेशाली ठानेका छन्। ।
नेपाल चेम्बर अफ कर्मसको आयोजना तथा क्वालीटि आल्मोनिय एण्ड युपिवीसीको प्रयोजनमा सम्पन्न महोत्वसले पाटन क्षेत्रमात्र नभइ बैतडीको व्यपार बृद्धी भएको छ। १२ दिन पाटन नगरपालिका भित्रका अधिकास होटलहरु भरीभरा भएका थिए।
महोत्सवको हिसाव किताब भने सार्वजनिक गरिएको छैन। टिकट कती बिक्री भए लगायका बिषय आयोजकले अहिले खुलाएको छैन।