बैतडी : मेलौली नगरपालिका–०९ रोकटा टुंडिलाकी खेट्टि चन्दको उपचारमा आर्थीक समस्या भएको छ। पाठेघरको क्यान्सरबाट ग्रसित चन्दको उपचारमा आर्थीक अभाव भएको छोरा दल बहादुर चन्दले बताउनुभयो।
७२ वर्षीय चन्दको पाठेघरमा ३ स्टेपको क्यान्सरले सक्रमण गरेको छ। महेन्द्रनगर, धनगढी र गेटा हुदै हाल सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेमा उपचार गराईरहनु भएकी चन्दको उपचारमा आर्थीक समस्या भएको हो।
पारिवारीक अवस्था निकै कमजोर भएका कारण मनकारी ब्यक्तिलाई सकेको सहयोग गरिदिन छोरा दल बहादुर चन्दले आग्रह गर्नुभएको छ। आफुसगं भएको सबै पैसा सकिएको र अबको उपचारमा आर्थीक समस्या भएका कारण आमाको ज्यान बचाईदिन छोरा दल बहादुरले आग्रह गर्नुभएको छ।
चन्दको उपचारका लागि समाजिक सञ्जालबाट समेत आर्थीक संकलन अभियान सञ्चालन गरिएको छ। देश तथा विदेशमा भएका सबै मनकारी दाताहरुलाई सकेको सहयोग गरिदिन अनुरोध गर्नुभएको छ।
सहयोग गर्न चाहने ब्यक्तिहरुले तल दिएका स्क्यानरहरुमा गर्नुसक्नु हुनेछ।
