नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। चौधरीलाई कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो।

यसअघिको मुद्दामा कैद भुक्तान बाँकी रहेकाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको आदेशमा पक्राउ गरिएको उहाँले बताउनुभयो। प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग आज हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रमअघि रेशम चौधरी पक्राउ परेका हुन्। चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको सीके राउतले जानकारी दिनुभयो।

२०७२ सालको भदौमा टीकापुरमा भएको घटनामा चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। तर २०८० साल जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर उनी बीचमै रिहा भएका थिए।

Leave A Reply

Your email address will not be published.