बैतडी-बैतडी जिल्ला पाटन नगरपालिका वडा नं -९ स्थित सिद्धेश्वर माध्यमिक बिद्यालयको नयाँ बिद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
मंगलबार भएको अभिभावक भेलाबाट पाचौं पटक थप कार्यकालका लागि पुनः प्रेम सिंह भाटको अध्यक्षता नौ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको बिद्यालयले जनाएको छ ।
सदस्यहरुमा क्रमश कृष्ण सिंह महरा, नर बहादुर भाट, पार्वती भाट, बसन्ती चन्द, जयन्ती महरा, शिक्षक प्रतिनिधि भरत सिंह भाट र सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक प्रकाश सिंह महरा रहेका छ्न ।
अभिभावक भेलाले सर्वसम्मत भाटको नेतृत्वमा समिती चयन गरिएको जनाएको छ ।बिद्यालयको चौतर्फी विकासका लागि सबै सरोकारवालाहरु संग हातेमालो गरेर अगाडी बढने र शैक्षिक गुणस्तर सुधारका लागि हरेक पक्ष संग समन्वय सहकार्य गरेर काम गर्ने अध्यक्ष भाटले बताउनुभयो ।
२)१८ सालमा स्थापना भएको सिद्धेश्वर माबिमा हाल कक्षा १० सम्मको पठनपाठन भइरहेको छ भने बिद्यालयले पढाइ संग संगै सामुदायिक, धार्मिक तथा अन्य अतिरिक्त कार्यक्रम गर्दै आइरहेको जनाएको छ।
पाँचौ पटक सिद्धेश्वर माबिको अध्यक्ष पदमा निर्वाचित भाट शिगास माध्यमिक बिद्यालय गौरिशंकर पोखरी गुरुडा बैतडीमा पनि दोस्रो कार्यकाल अध्यक्ष रहनु भएको छ ।