बैतडी-बैतडीको मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दका बुबा महावीर चन्दको निधन भएको छ ।८७ वर्षीय चन्दको बुधबार विहान ५ बजे निधन भएको वडा न -४ का वडा अध्यक्ष हर्क बहादुर चन्दले जानकारी दिनुभयो ।
स्वर्गीय चन्दको बुधबार दिउँसो देवताल स्थित महाकालीमा दाहसंस्कार गरिएको परिवारले जानकारी दिएका छन ।
मेलौली नगरपालिका वडा न -४ तितावैमा बि.सं १९९५ सालमा जन्मिएका थिए ।