सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घटेको छ। सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ। चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको थियो।

Leave A Reply

Your email address will not be published.