सुदूरपश्चिम प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि बैतडीका ७० खेलाडी छनौट

बैतडी : सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनौट गरिएका छन्। हालै पुर्चौडी नगरपालिकामा सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट ७० खेलाडी छनौट गरिएका हुन्।

बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनौट गरिएका हुन्। छनौट हुने खेलाडीमा छात्र र छात्रा भलिबलमा नौरनौ, कबड्डी छात्र र छात्रामा नौरनौ, एथ्लेटिक्समा छात्र र छात्रा गरेर ११/११ जना र कराँतेमा छ/छ खेलाडी छनौट भएका छन्।

पुर्चौडीमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा दशवटै स्थानीय तहहरुको सहभागीता रहेको थियो। छनौट भएका खेलाडीहरुले प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका जनाउने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी जानकारी दिनुभयो।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यही महिना हुने भनिएपनि मिति भने तय भएको छैन्।

छनौट भएका खेलाडीहरुको नामावली:-

 

Leave A Reply

Your email address will not be published.