अबको केही दिन ठूलो पानी नपर्ने

केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन्। मौसमविद शान्ति कँडेलका अनुसार केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि भेलबाढी आउनेगरी तत्काल ठूलो पानी पर्ने सम्भावना छैन।

एक हप्ताअघि गएको बिहीवार राति पूर्वी भेगबाट मनसुन शुरू भएको थियो। शुरुवातमै सक्रिय भएको मनसुन अहिले भने केही निष्क्रिय रहेको छ र कोशी प्रदेशमा मात्रै सीमित छ। मनसुन सक्रिय हुन र अरु प्रदेशमा फैलिन केही दिन लाग्ने मौसमविद् कँडेलले जानकारी दिनुभयो।

आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.