अछाममा १६ ग्राम बढी गाँजासहित एक युवक पक्राउ

अछाममा गाँजासहित एक युवक पक्राउ परेका छन्।

लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले मंगलसेन नगरपालिका–५ स्थित डेरामा बस्दै आएका ढकारी गाउँपालिका–३ घर भएका २१ वर्षीय नितेशबहादुर बुढाको कोठामा खानतलासी गरेको थियो।

प्रहरीले उक्त डेराबाट १६ ग्राम ५२० मिलीग्राम गाँजा फेला पारी बुढालाई नियन्त्रणमा लिएको हो। हाल उनलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

Leave A Reply

Your email address will not be published.