सुनको भाउ आज ३ हजारले घट्यो, अब कति?

सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ। आज सुनको भाउ तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो।

Leave A Reply

Your email address will not be published.