कैलाली-सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ।
संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकारले असार १ गते सभामा वार्षिक बजेट प्रस्तुत गर्न लागेको हो। प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आइतवार ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो ।
आगामी आर्थिक वर्षको बजेट तयारीको कार्य पूरा भइसकेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ। बजेटको सबै काम पूरा भएको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताउनुभयो ।
यसैबिच, प्रदेश सभामा प्रस्तुतिका लागि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई आज बजेट वक्तव्य हस्तान्तरण गरिएको छ। मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालले मन्त्री थापालाई बजेट वक्तव्य हस्तान्तरण गरेका छन्।