बैतडीको दशरथचन्दमा आयुर्वेद शिविर सञ्चालन, २ सय ५ जनाले सेवा लिए

बैतडीको दशरथचन्द नगरपालिकाले आयुर्वेद सेवाको पहुँच बाहिर रहेका नगरबासीहरुलाई शिविरमार्फत सेवा दिन थालेको छ। नगरपालिकाको आयुर्वेद शाखामार्फत दुर्गम वडाहरुमा शिविर सञ्चालन गर्ने गरिएको नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीले बताए।

आइतबार नगरपालिकाको वडा नं ११ मा शिविरको आयोजना गरिएको र उक्त शिविरमा २ सय ५ जनाले सेवा लिएको कलौनीले बताए। आयुर्वेद उपचार पद्दतिमा नागरिकको आकर्षण समेत बढ्दै गएको छ। आयुर्वेद उपचार पद्दतिले प्रति असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको हो।

शिविरमा विभिन्न रोगको उपचारका साथै परामर्श दिने गरिएको कलौनीले बताए। स्थानीस्तरमा पाइने जडीबुटी र तिनीहरुको समुचित प्रयोगका बिषयमा समेत स्थानीय नागरिकलाई जानकारी दिने गरिएको उनले बताए।

आयुर्वेद स्वास्थ्य सेवामा नगरबासीहरुको सहज पहुँच पुर्याउनका लागि आयुर्वेद औषधालयबाट टाढा रहेका वडाहरुमा शिविरको आयोजना गर्ने गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए। आगामी दिनमा समेत यस्ता शिविरलाई निरन्तरता दिने उनले बताए।

यसअघि पनि विभिन्न वडामा शिविरमार्फत आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरिएको आयुर्वेद शाखा प्रमुख कलौनीले बताए ।

Leave A Reply

Your email address will not be published.