बैतडीको पञ्चेश्वरमा स्वास्थ्य शिविर सम्पन्न, १३८३ जनाले लिए सेवा

बैतडीको पञ्चेश्वरका दुई ठाउँमा सञ्चालित विषेशज्ञ डाक्टर सहितको निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं.–०३ कुलाउ र वडा नं. ५ को गडमेश्वर आधारभुत विद्यालयको पाङ्गण गिरेगडामा स्वास्थ्य शिविर सम्पन्न भएको हो।

No description available.

शनिबारबाट सुरु भएको शिविर दुईदिन कुलाउ र एक दिन गिरेगडामा सञ्चालन भएको स्वास्थ्य शाखामा कार्यरत पोषण सहजकर्ता नारायण राम सार्कीले बताउनुभयो। शिविरबाट करिब १३८३ जनाले सेवा लिनुभएको सार्कीले जानकारी दिनुभयो।

No description available.

कुलाउबाट ९२० जना र गिरेगडाबाट ४६३ जनाले सेवा लिएका छन। स्वस्तीक अस्पताल धनगढी कैलाली र पञ्चेश्वर गाउँपालिका बैतडीको सयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।

No description available.

शनिबार गाउँपालिका अध्यक्ष चन्दले शिविरको उद्घाटन गर्नुभएको थियो। शिविरमा सेवा लिने नागरीकहरुको भिड लागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो। यहाँका नागरीकहरु स्वास्थ्य सेवाको लागि डडेल्धुरा, धनगढीका साथै भारतको पिथौरागडसम्म जाने भएकाले स्थानीय ठाउँमै सेवा लिन सकुन भनेर शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

No description available.

शिविरमा मुटु, छाति, सुगर, प्रेसर, कलेजो, थाईराईड र हर्मो सम्बन्धी उपचार, हाडजोर्नी तथा नसारोग सम्बन्धी कम्मर घुडा, हातखुट्ट सुन्निने, दुख्ने, झमझमाउने सम्बन्धी उपचार, महिला स्त्री तथा प्रसुती रोग सम्बन्धी महिलाको तल्लो पेट दुख्ने, महिनावारीमा गडबढी, पाठेघर सम्बन्धी सेवा, निसन्तानपनको समस्याको उपचार लगायत शिविरमा मेडिकल स्वास्थ परामर्शका साथै निःशुल्क औषधी वितरण गरिएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.