अछामको साँफेबगरमा करेन्ट लागेर एक जनाको मृत्यु

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो।

वडा कार्यालय नजिक वडा स्तरीय दलित सञ्जालको भवन मर्तमका क्रममा विद्युतको मेन लाईनमा कर्कटपाता छुँदा पातलकोटका ४५ वर्षीया वीरे साउँदको सोमवार बिहान मृत्यु भएको वडा अध्यक्ष संजु थापाले बताए।

पानी परिरहेका बेला पुरानो कर्कटपाता हटाएर नयाँ छाउने क्रममा करेन्ट लाग्दा ज्यान गएको मृतकका भतिजा शंकर साउँदले बताए। साउँद मिस्त्री थिए।

Leave A Reply

Your email address will not be published.