सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियु निर्वाचन हुने

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियु निर्वाचन हुने भएको छ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले बताए। “साउन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ।” उनले भने, “भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ।” यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो।

Leave A Reply

Your email address will not be published.