रसुवा बाढीमा परि बेपत्ता १८ जनाको पहिचान खुल्यो

रसुवा : रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान भएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक, तीन जना गाडी चालक र अन्य श्रमिक तथा यात्रुहरू रहेका छन्।

यसैबिच, रसुवाकै उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगयाधामको खोला किनारमा एउटा दाहिने खुट्टा फेला परेको जानकारी पनि डिएसपी थापाले दिए। पहिचान खुलाउन डीएनए परीक्षणको तयारी भइरहेको जनाइएको छ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली परिचालन गरिएको छ भने उद्धार कार्य जारी छ। यसैगरी, बेपत्ता भएका प्रहरीहरु इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।

यी हुन् बेपत्ता ३ प्रहरी

(प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

– प्रहरी जवान मुन्ना ठाकुर

– प्रहरी जवान लोकेन्द्र बोहोरा

यी हुन् बेपत्ता ९ नेपाली नागरिक

– फुर्वा लामा

– गोविन्द मोक्तान

– लोकमान तामाङ

– जिपन चौधरी

– सन्तोष दइत

– बुद्धिराम थारू

– लक्ष्मीनारायण थारू

– सुरेश थारू

– नरेन्द्र विक

यी हुन् बेपत्ता ६ जना चिनियाँ नागरिक

-यु युइ

– ली हुवाछिन

– याङ चुआन

– यु हाइ हाङ

– यु छिआओ छुइ

– जोउ योङ

Leave A Reply

Your email address will not be published.