कांग्रेसको कारबाहीमा परे पूर्व मन्त्रीदेखि प्रदेश महामन्त्री र जिल्ला सभापतिसम्म

नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेको छ। केन्द्रीय अनुशासन समितिको मिति यही असार ९ देखि १७ गतेसम्म बसेको बैठक निर्णय बुधबार सार्वजनिक गरिएको छ।

स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवार वा पार्टीले समर्थन गरेकालाई पराजित असहयोग गरेको कारणले कारबाही गरेको उल्लेख गरिएको छ। कारबाही निस्कासन र निलम्बन गरी दुई प्रकृतिको गरिएको छ।

‘उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक संजाल, अडिओरभिडिओ लगायत अनेकन हत्कण्डाहरु प्रयोग गरिएका प्रमाणहरुका आधारमा तपशील बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निस्काशनरनिलम्बन गर्ने निर्णय गरिएको छ,’ निर्णयमा भनिएको छ।

कारबाही पर्नेहरुमा पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्ला सभापति, जिल्ला पूर्व सभापति समेत छन्। कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङको जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षको लागि निस्कासन गरिएको छ। कास्कीका पूर्व सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निस्कासन गरिएको छ।

को को परे कारबाहीमा?

तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई, पर्सा जिल्ला क्षेत्र नं। १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई कारबाही गरिएको छ। उनीहरुलाई एक वर्षका लागि पार्टी सदस्य समेत नहुने गरी निस्कासन गरिएको छ। कास्कीका पूर्व सभापति कृष्ण केसीलाई ३ (तीन) महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको छ।

धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषाकै सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं। १ का रामवावु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं। २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, छ महिनाका लागि पार्टीबाट हटाइएको छ।

कैलाली धनगढी उपमहानगरपालिका वडा नं। २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका वडा नं। १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं। २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं। १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं। ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि छ महिनाको लागि निस्कासन गरिएको छ।

कारबाही गरेकाहरुलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नदिएको अनुशासन समितिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.