आमोद ईङ्गलिस बोर्डिङ स्कुलको अभिभावक भेला सम्पन्न, पढाईबारे समिक्षा

बैतडी : मेलौली नगरपालीका–०६ मा रहेको आमोद ईङ्गलिस बोर्डिङ स्कुलको अभिभावक भेला सम्पन्न भएको छ। शुक्रबार बोर्डिङका अध्यक्ष मधु भट्टको अध्यक्षतामा अभिभावक भेला सम्पन्न भएको हो।

अभिभावक भेलामा चालु शैक्षिक वर्षको तिन महिनाको समिक्षा गरिएको प्रिन्सीपल लक्ष्मण चन्दले बताउनुभयो। पढाईलाई थप प्रभावकारी कसरी बनाउने भनि अभिभावकहरुबाट सुझाव संकलन गरिएको उहाँले बताउनुभयो।

यसैगरी शिक्षकहरुले प्रत्येक कक्षाको प्रगति सार्वजनीक गरेका थिए। विद्यार्थीहरुले घरमा सिक्ने शिक्षा र विद्यालयमा सिक्ने शिक्षाका बारेमा समेत छलफल गरिएको थियो। प्रत्येक अभिभावकहरुले आफ्ना नानिबाबुहरुलाई सहि मार्गनिर्देशन दिन र कितावि ज्ञानसंगै बाह्य ज्ञान सिकाउन आग्रह गरे।

सम्रगममा विद्यार्थीहरुको सन्तोषजनक प्रगति भईरहेको अभिभावक भेलाबाट निष्कर्ष निकालिएको छ। पढाईलाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत गरिएको जनाईएको छ।

अभिभावक भेलाले गर्मी बिदा गने निर्णय गरेको छ। शुक्रबारबाट श्रावण ११ गतेसम्म १५ दिन विदा गर्ने निणर्य गरेको प्रिन्सीपल चन्दले जानकारी दिनुभयो।

विदाको समयमा दिएको गहृकार्य गर्न आग्रह गरिएको छ। अभिभावकहरुले विदाको समयमा आफ्ना नानिबाबुहरुको बिशेष ख्याल राख्न प्रिन्सीपल चन्दले आग्रह गर्नुभयो।

Leave A Reply

Your email address will not be published.