बैतडीमा उत्कृष्ट खोप कार्यकर्तालाई नगदसहित सम्मान

बैतडीका १० ओटै स्थानीय तहमा कार्यरत १० जना उत्कृष्ट खोप कार्यकर्ताहरुलाई नगदसहित सम्मान गरिएको छ। शुक्रबार बैतडी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो।

जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणमा सहयोग गरेको भन्दै एक पालिकाबाट एकजना गरेर १० जना उत्कृष्ट खोप कार्यकर्ताहरुलाई सम्मान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख तिर्थराज भट्टले बताए।

खोप कार्यकर्ताहरुको अथक प्रयास र मिहेनतबाट हरेक बर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न पाइएकाले उनीहरुको कामको कदर गर्दै जनही ५ हजार नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए।

यसरी सम्मानित हुनेमा पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी कस्तुरा साउँद घटाल, शिवनाथ गाउँपालिकाको उदयदेव आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अनमी राधा चन्द, सुर्नया गाउँपालिकाको वासुलिङ्ग स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी हजारीदेवी ऐरी र सिगास गाउँपालिकाको शिवलिङ्ग स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव चुडामणी अवस्थी रहेका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिकाको रीम स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव मीनराज जोशी, डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्यचौकीमा कार्यरत अहेव खेमकुमारी कार्की, पुर्चौंडी नगरपालिकाको महादेवस्थान स्वास्थ्यचौकीमा कार्यरत अनमी उषा बम, मेलौली नगरपालिकाको आधारभूत स्वास्थ्य केन्द्र कोटीगाउँमा कार्यरत अहेव दिपक प्रसाद बाग, पाटन नगरपालिकाको भुमेश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी जानकी भट्ट र दशरथचन्द नगरपालिकाको नागार्जुन स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी प्राची आउजीलाई सम्मान गरिएको छ।

स्वास्थ्य कार्यालयले नगदसहित सम्मान गरेपछि स्वास्थ्यकर्मीहरु खुसी भएका छन्। सम्मानले कार्यक्षेत्रमा थप क्रियाशील भएर लाग्ने हौसला मिलेको शिवलिङ्ग स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव चुडामणी अवस्थीले बताए । दुर्गममा स्वास्थ्य सेवा प्रदान गर्दै आएको र स्वास्थ्य कार्यालयले सम्मान गरेपछि थप उत्प्रेरणा मिलेको उनले बता ।

Leave A Reply

Your email address will not be published.