इङ्ग्ल्यान्डसँगको टेस्टमा पन्त ब्याटिङमा फर्किए, विकेटकिपिङ नगर्ने

काठमाण्डौ – भारतीय उपकप्तान तथा विकेटकिपर ऋषभ पन्तले घरेलु टोली इङ्ग्ल्यान्डसँगको चौथो टेस्टमा ब्याटिङ गर्न क्रिजमा आएका छन् ।

म्यानचेस्टरमा भइरहेको चौथो टेस्टको पहिलो दिनको पहिलो सत्रमा पन्तले क्रिस वोक्सको लेग–साइडमा आएको बललाई रिभर्स प्ले गर्ने क्रममा दाहिने खुट्टामा चोट लागेको थियो ।

यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सामाजिक सञ्जाल प्लेटफर्ममा पन्तले यस खेलमा विकेटकिपिङ नगर्ने तर आवश्यक परेमा ब्याटिङ गर्न सक्ने जानकारी दिएको थियो । उनको ठाउँमा ध्रुव जुरेलले विकेटकिपिङ गर्नेछन् ।

पन्तको स्क्यान रिपोर्टले फ्र्याक्चर भएको पुष्टि गरेको छ । हिजो ३७ रन बनाएपछि पन्त रिटायर्ड हर्ट भएका थिए र उनलाई गल्फ बग्गीमा राखेर मैदानबाट बाहिर लैजानुपरेको थियो । चौथो टेस्टको दोस्रो दिनको पहिलो सत्र सकिँदा भारतले ६ विकेट गुमाएर ३ सय २१ रन बनाएको छ । अहिले पन्त ३( रन र वाशिङ्गटन सुन्दर २) रन बनाउँदै क्रिजमा छन् ।

पाँच खेलको टेस्ट शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अघि छ ।

Leave A Reply

Your email address will not be published.