गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

काठमाण्डौ – गण्डकी प्रदेशका पूर्वप्रमुख एवम् नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ । उहाँको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएका गुरुङ वि.संं. २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गर्नुभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिनुभयो ।

वि.सं.२००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनुभएका गुरुङ चितवन बसाइँसराइ गरी आउनुभएको हो ।

७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । गुरुङका छोरा देश बाहिर रहनुभएकाले भोलि अन्त्येष्टि गरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.