एनपीएलको पहिलो संस्करणबाट क्यानलाई साढे २ करोड रुपैयाँ नाफा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ। मूलपानीमा हिजो बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ रहेको जनाएको छ।

प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार पाँच सय ५९ रुपैयाँ खर्च भएको छ। आय–व्ययपछि ७ करोड ५३ लाख ९१ हजार दुई सय ५९ रुपैयाँ नाफा देखिएको छ।

त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ। त्यो रकम ४ करोड ३७ लाख ४० हजार चार सय ७० रुपैयाँ छ। बाँडफाँडपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ रहेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.