आज पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै मधेश प्रदेशको धनुषामा ५४.६ मिलिमिटर पानी परेको छ।

सर्लाही, सप्तरी र आसपासमा पनि हल्का पानी परेको छ। तर मधेशमा धान खेतीलाई हुने गरी अझै पर्याप्त पानी परेको छैन। आज पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.