बैतडीको मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पस परिसरमा फुल रोपण गरिएको छ। क्याम्पस परिसरलाई थप सुन्दर र आकर्षक बनाउन फूल रोपण र फोहर व्यवस्थापन गरिएको हो।
क्याम्पसमा नव गठित हरित स्वंयमसेवक समितिद्धारा फुल रोपिएको हरित स्वंयमसेवक समितिका अध्यक्ष सरस्वती नेगीले बताउनुभयो। बिभिन्न प्रजातिका सुन्दर फुलका विरुवाहरु रोपण गरिएको उहाँले जानकारी दिनुभयो।
हरित स्वंयमसेवक समितिको उपाध्यक्षमा उर्मीला नायक, सचिवमा दर्शनसिह नेगी, कोषाध्यक्षमा मनोज भट्ट र सह–सचिवमा मनोज दत्त ओझा चयन भएका छन। समितिको सदस्यहरुमा विकास भट्ट, तेज ओड, रमेश दत्त ओझा, कल्पना भट्ट, बिना ओझा र लक्ष्मी ओझालाई चयन गरिएको अध्यक्ष नेगीले रेडियो मेलौलीलाई बताउनुभयो।
क्याम्पसको वातावरण संरक्षण, स्वच्छता पवद्र्धन र हरियाली कायम राख्नको लागि हरित स्वंयमसेवक समिति गठन गरिएको जनाईएको छ। समितिले क्याम्पस परिसरमा सरसफाई तथा बृक्षारोपण, वातावरणीय जनचेतना फैलाउने कार्यक्रमहरु सञ्चालन गर्ने, हरित गतिबिधिमा विद्यार्थीलाई सहभागि गराउने, प्लाष्टिक न्यूनीकरणसगै फोहोर व्यवस्थापन गर्ने उदेश्य लिएको हरित स्वंयमसेवक समितिले जनाएको छ।