प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जानुहुने भएको छ। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजराति फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेको हो।
प्रधानमन्त्री ओलीले हिजो बेलुका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी समेत गराउनुभएको छ। भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तुर्कमेनिस्तानको अवाजा सहरमा हुने भूपरिवेष्टित विकासशील देशहरुको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुहुनेछ।
यही साउन २० अर्थात् पर्सिदेखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलनमा कम विकसित देशहरुको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। उ
हाँले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य कार्यक्रम र भेटवार्ता पनि गर्ने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली साउन २३ गते राति स्वदेश फर्किने कार्यक्रम छ।