मणिलेक बहुमुखी क्याम्पसमा आध्यात्मिक अन्तरक्रिया सम्पन्न

बैतडी : मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पसमा आध्यात्मिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आईतबार स्ववियु मणिलेक क्याम्पसद्धारा आयोजीत स्नातक तह, आठौं सेमेष्टरका विद्यार्थीहरुको बिदाई तथा आध्यात्मिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

May be an image of text

कार्यक्रममा आध्यात्मिक गुरु रघुनाथ जोशीले प्रवचन दिनुभएको कार्यक्रम सञ्चालक दर्शनसिह नेगीले बताउनुभयो। मानिस कोहो, मानिसको जिवन कसरी बन्छ, मानिसको कर्तब्य केहो? मानिस आफुले आफुलाई कसरी चिन्ने लगायत जिवन जगतका बिभिन्न अध्यात्मिक कुराहरुको बारेमा जोशीले जानकारी दिनुभयो।

May be an image of 2 people, flute, dais and text

यसैगरी ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका ईन्चार्ज नारायण बहादुर चन्दले पछिल्लो समय युवाहरु लागु औषध दुव्र्यशनीको कुलतमा फसिरहेको प्रति दुख ब्यक्त गर्नुभयो। धेरै युवाहरु कुलतमा फसिसकेकाले समयमै सबैले ध्यान दिनुपर्ने बताउनुभयो। आफुले आफ्नो तर्फबाट हुने हरेक प्रकारको प्रयास गरिरहेको र सबैले स्वयम ध्यान दिनुपर्ने बताउनुभयो। युवाहरु कसरी कुलतमा फसिरहेका हुन्छन र केके सम्म गर्न बाध्य हुन्छन भनेर डेमोसहित प्रस्तुत गर्नुभएको कार्यक्रम सञ्चालक नेगीले जानकारी दिनुभयो।

May be an image of 11 people, dais and text

कार्यक्रमका बिशिष्ट अतिथि एवं मेलौली नगरपालिकाका पूर्व नगर प्रमुख कृष्णसिह नायकले मेलौलीमा शिक्षाको आधार बनाउदा धेरै सर्घष गर्नुपरेको बताउनुभयो। भारतबाट कर्मचारी बोलाएर अध्यापन गाराउनु परेको लगायत मेलौलीमा कक्षा ८, १०, १२ र क्याम्पस सञ्चालनको लागि धेरै सर्घष गर्नुपरेको स्मरण गर्नुभयो। आफु नगर प्रमुख हुदाँपनि शिक्षा क्षेत्रमा राम्रै काम गरेको र आउदा दिनहरुमा पनि शिक्षा क्षेत्रका विकास र बिस्तारका लागि भुमिका खेल्ने बताउनुभयो।

May be an image of 3 people, dais and text

क्याम्पसमा अध्ययनरत आठौं सेमेष्टरका विद्यार्थीहरुको बिदाई पनि गरिएको छ। विद्यार्थीहरुलाई शुभकामनासहित खादा माला र अबिरले सम्मान गरि बिदाई गरिएको क्याम्पसले जनाएको छ।

May be an image of 12 people, dais and text

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) मणिलेक बहुमुखी क्याम्पसका सभापति मनोज दत्त ओझाको अध्यक्षता र क्याम्पस प्रमुख भगिरथसिह नेगीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको हो। यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि मेलौली नगरपालिकाका पूर्व नगर प्रमुख कृष्णसिह नायक, ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका ईन्चार्ज नारायण बहादुर चन्द लगायत क्याम्पसका शिक्षकहरु र विद्यार्थी संगठनका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

May be an image of 11 people, people smiling and text

Leave A Reply

Your email address will not be published.