मदन भण्डारी फाउन्डेशनले महोत्सवको तयारी स्वरूप नयाँ बानेश्वरको थापागाउँमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो। उक्त कार्यालय २०४८ सालको निर्वाचनमा मदन भण्डारीले प्रयोग गरेको ऐतिहासिक भवनमै खोलिएको छ। त्यसबेला भण्डारीले काठमाडौं–१ बाट कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए।
त्यस्तै २०५१ सालमा विद्या भण्डारीले पनि सोही घरमार्फत प्रचारप्रसार गरेकी थिइन्। पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा पुनः सक्रिय हुने चर्चा चलिरहेको बेला उननिकट नेताहरूले उक्त भवन सम्पर्क कार्यालयका रूपमा भाडामा लिएका हुन्। यसलाई विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कन लागेको संकेतको रूपमा हेरिएको छ।
२०७० सालपछि राष्ट्रपति बनेकी विद्या भण्डारी २०७९ मा कार्यकाल सकिएसँगै सार्वजनिक गतिविधिबाट टाढा थिइन्। तर हाल एमालेको आन्तरिक राजनीतिमा उनको भूमिका पुनः देखिन थालेको चर्चा बढिरहेको छ।