गएराति देशका पूर्वी र मध्य भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ। इलाम, ताप्लेजुङ, खोटाङ, लमजुङ, कास्की, गोरखालगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा हल्का पानी परेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका धेरै ठाउँहरुमा र बाँकी भू-भागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागको एकरदुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ।