काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय कैलालीले कारागारमा भएको झडपको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन् । समितिलाई १० दिनको समय दिइएको छ ।
गएराति कैलाली कारागारभित्र भएको झडपमा एक जनाको ज्यान जानुकासाथै ४७ जना घाइते भएका छन् । घाइते ४७ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये गम्भिर अवस्थाका दुई जना आईसीयूमा छन् ।