आजको मौसम कस्तो ?

बैतडी-मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भू-भागमा साधरणतया रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिुनी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउसो  सुदूरपश्चमि प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिुनी प्रदेश र सुदूरपञ्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज रात कोशी प्रदेश र सुदूरपञ्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदूरपञ्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.