सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ। लामिछानेले सरुवाका लागि निवेदन दिएपछि नक्खु कारागार ल्याउने निर्णय भएको कारागार व्यवस्थापन विभागले जनाएको छ
विभागका अनुसार कारागार सरुवाको निर्णय गरेर हिजो रुपन्देही कारागारमा पत्र पठाइएको छ र सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइनेछ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमा हुनुहुन्छ।
यसअघि लामिछानेले काठमाण्डौको डिल्लीबजार कारागार स्थानान्तरणको लागि जेल प्रशासनमा निवेदन दिनुभएको थियो।