बैतडी : नवोदित देउडा गायक कृष्ण पार्कीको पहिलो देउडा गित सार्वजनीक भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–०६ कानली घर भई हाल भारतमा रहेका पार्कीको पहिलो देउडा गित “मुई अभागी परदेशै छु” सार्वजनीक भएको हो।
गायक पार्कीको आवाज रहेको गितलाई जयराज भट्टले एरेन्ज गर्नुभएको छ। कुशल देउडा सर्जक गोकर्ण दयाल (गौरव) को शब्द रहेको गित परदेशीको पिडामा आधारीत रहेको छ।
गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक पार्कीले आग्रह गर्नुभएको छ।