आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा र बाँकी प्रदेशका पहाडी तथा तराई भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर छ।
यो समयमा पहिरो तथा गेग्रानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।