तत्काल अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या नहुने

तत्काल अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या नरहेको सम्बन्धित निकायले जनाएका छन्। जेनजीको प्रदर्शनपछि अत्यावश्यक वस्तुको अभाव र महङ्गी बढ्न सक्ने उपभोक्ताको चिन्ता रहे पनि सरोकारवाला निकायले त्यसो अवस्था तत्काल नआउने बताएका हुन्।

वस्तु आपूर्तिमा खासै असर नपरेको उनीहरुको भनाइ छ। आउँदो तीन महिनासम्मका लागि अत्यावश्यक वस्तुको अभाव नहुने उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। तीन महिनाका लागि पुग्ने दाल, चामल, तेललगायत खाद्ययवस्तु मौज्दात रहेको विभागले जनाएको छ।

पेट्रोलियम पदार्थको आपूर्तिमा पनि समस्या नरहेको नेपाल आयल निगमले जनाएको छ। केही समय खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थमा समस्या नआउने निगमको भनाइ छ। गाडी कम चलेका कारण पनि पेट्रोलिएम पदार्थको खपत नै कम भएको अहिलेको अवस्था छ।

Leave A Reply

Your email address will not be published.