बैतडी: गंगेश्वर देबताकी जाँत (गंगास्नान) मेला यहि असोज ५ गते लाग्ने भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालीका–०६ सिम दोगडामा अवस्थित गंगेश्वर धाममा लाग्ने स्थानिय भाषामा गहङनान भनेर चिनिने मेला असोज ५ को राति लाग्ने भएको हो।
वडा दशैंको पुर्ब सन्ध्या तथा पितृ बिसर्जन औशिको राति रातेडी र घटस्थापनाको बिहान दिउसेडी मेला लाग्ने गंगेश्वर मन्दिर क्षेत्र विकास समितिले जानकारी दिएको छ। डोटेली नदि र सोर्नया नदिको मिलन हुने स्थल (दोभान) मा रहेको गंगेश्वर मन्दिरको धाममा मेला लाग्ने गर्दछ।
मेलामा अजयमेरु गाउँपालीकाको राजुलगाँउ, भण्डारीगाँउ, भागेश्वर गाउँपालीकाको बोगटागाँउ र मेलौली नगरपालीकाको कोटिगाँउबाट देउरा जाने गर्दछन। गंगेश्वर मन्दिरको धाममा लाग्ने गंगास्नान मेला बर्षको दुईचोटी लाग्ने गर्दछ। असोज औशिको राति र पुस महिनाको अन्तिम दिन ठुलो मेला लाग्ने गर्दछ।
यसैगरि गगेश्वर धाममा बर्षको तिनचोटी मंक्रर सक्रान्ती, नयाँ बर्षको पहिलो दिन र श्रीपञ्चमिको दिन पुजाआजा हुने गरेको छ। मेलामा टाढा–टाढाबाट दर्शनार्थीहरु समेत आउने गरेका छन। गंगेश्वर देबताको दर्शन र मन्दिर नजिकै रहेको दोभानमा स्नान गरेमा मनको चिताएको पुग्ने धार्मिक बिश्वास रहेको छ।
मेलालाई सभ्य भब्य र शान्त बनाउनु आग्रह गरिएको छ। मन्दिर क्षेत्रभित्र मदिरा सेवन विक्रि वितरण तथा ओसार पोसार गर्न, जुवा तास खेल्न खेलाउन, अवैध क्रियाकलाप गर्न बन्देज गरिएको मन्दिर क्षेत्र बिकास समितिले एक सुचना जारी गर्दै जनाकारी गराएको छ।
मन्दिर क्षेत्र विकास समितिको निणर्यलाई अवज्ञा गरि मेलालाई बिथोल्ने गतिबिधि गरेको पाईएमा कानुनी कार्वाही गरिने समेत जनाईएको छ।
