बैतडी-जिल्लाको पाटन नगरपालिका–१ स्थित भुवनेश्वर आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पाटन नगरपालिका वडा न १ का वडा सदस्य मोहन राज पन्तले आफ्ना दिवंगत बुवाको पुण्यतिथि तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले शिक्षामा लगानी गर्नु नै समाज र राष्ट्रको दिगो विकासको आधार भएको बताए ।उहाँले आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
साथै आउदै गरेको विजया दशमी तथा शुभ दिपावलिको शुभकामना दिदै गृहकार्य लगायतका शैक्षिक गुणस्तरका बिषयमा आम अभिभावक एवम् सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापकले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको कदमले विद्यार्थीलाई पठन–पाठनमा प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानीयबासीको उपस्थिति रहेको थियो ।