सुनको मूल्य तोलामा ११ सयले बढ्यो By मेलाैली खबर On अशोज ५, २०८२ काठमाडौँः स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एघार सयले बढेको छ। आज सुन प्रतितोला दुई लाख १७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। गत शुक्रवार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो।